कालापानी नजिक पुग्ने सडक निर्माणको जिम्मा सेनालाई (मन्त्रिपरिषद्का १३ निर्णयसहित) – Nepal Press

कालापानी नजिक पुग्ने सडक निर्माणको जिम्मा सेनालाई (मन्त्रिपरिषद्का १३ निर्णयसहित)

काठमाडौं । सरकारले दार्चुलाको तुषारपानीदेखि कोठाधारसम्मको ४ किलोमिटर सडकको ट्रयाक निर्माण नेपाली सेनाबाट गराउन स्वीकृति दिएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

दार्चुला तिंकर सडक अन्तरगत सुनसेरासम्म अहिले ट्रयाक खुलेको छ । त्यहाँबाट अगाडि नेपाली सेना र ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो ।

दार्चुला तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप ४ किलोमिटर (तुषारपानी देखि कोठेधारसम्म) सडक आयोजना नेपाली सेनाले निर्माणको जिम्मा पाएको हो । सम्झौता अनुसार काम नभएपछि ठेकेदार कम्पनी कारवाहीमा परेका थियो ।

कोठेधारदेखि तिंकरसम्म यसअघि नै ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ । अहिले त्यहाँ काम भइरहेको छ ।

सेनाले उक्त क्षेत्रमा अहिले दुईवटा क्याम्प खडा गरेर काम गरिरहेको छ ।

महाकाली लोकमार्ग अन्तरगतको ४२५ किलोमिटर अन्तरगत दार्चुला खलंगादेखि तिंकरसम्म १३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी रहेको छ ।

सडक अन्तरगत यो आर्थिक वर्षमा बहुवर्षीय ठेक्का स्वीकृत गरी ३ अर्ब ९७ करोड बजेट सुनिश्चित भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।

हेर्नुस् सोमबारको मन्त्रिपरिषद् बैठकका १३ निर्णय :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *