कोपा डी फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पीएसजी – Nepal Press

कोपा डी फ्रान्सको अन्तिम १६ बाटै बाहिरियो पीएसजी

एजेन्सी । निससँग सडनडेथमा पराजित हुँदै साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डी फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ । यो फ्रान्सको सबैभन्दा पुरानो नकआउट फुटबल प्रतियोगिता हो ।

निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।

निसका गोलिकिपर मार्सिन बुल्काले पीएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए ।

बुल्का पीएसजीबाटै लोनमा निस गएका हुन् । निसले यस जितसँगै पीएसजीको सबै खाले प्रतियोगितामा १४ खेलको अपराजित यात्रासमेत पूर्णविराम लगाइदिएको छ ।

सन् २०११ मा लिललाई १–० को नतिजा सुम्पिएपछि पीएसजीले कोपा डी फ्रान्समा गोल गर्न नसकेको यो पहिलो खेल हो । पीएसजी निससँग पछिल्लो आठ भेटमा अपराजित थियो ।

कोभिड १९ संक्रमण भएपछि टोलीबाट रहँदै आएका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी सोमबार निसविरुद्धको खेलमा फर्किए पनि पीएसजीलाई क्वार्टरफाइनल पुर्‍याउन सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर