एरिक्सनले ब्रेन्टफोर्डबाट प्रिमियर लिग खेल्ने – Nepal Press

एरिक्सनले ब्रेन्टफोर्डबाट प्रिमियर लिग खेल्ने

काठमाडौं । इङ्लिस क्लब ब्रेन्टफोर्डले टोटेनह्यामका पूर्व मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई ६ महिनाका लागि अनुवन्ध गरेको छ ।

एरिक्सनले युरो कप २०२० मा फिनल्यानडविरुद्ध भएको खेलमा हृदयघात भएदेखि खेलेका छैनन् ।

ब्रेन्टफोर्डका मुुख्प प्रशिक्षक थोमस फ्रान्कले एरिक्सनलाई क्लबमा भित्र्याउन पाउँनु ठूलो अवसर भएको बताएका छन् ।

‘हामीले विश्वस्तरीय खेलाडीलाई ब्रेन्टफोर्डमा ल्याउने ठूलो अवसर पाएका छौं,’ उनले भने ।

२९ वर्षीय उनले गत सिजन इटालियन क्लब इन्टर मिलानबाट लिग टाइटल जितेका थिए ।

(आइसीडी) भएर निको भएका खेलाडीले सिरी ए मा प्रतिस्पर्धा गर्न नपाउने भएपछि उनले डिसेम्बरमा इन्टर मिलानसँग आफ्नो सम्झौता रद्द गरेका थिए ।

यद्यपी प्रिमियर लिगमा त्यहि नियम लागु नहुने भएकाले उनी बेन्टफोर्डसँग आवद्ध भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर