मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अनलाइन सपिङमा विशेष छुट – Nepal Press

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई अनलाइन सपिङमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले अनलाइन सपिङमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना भिसा डेबिट कार्ड र मोबाइल बैंकिङका ग्राहकहरुलाई बजेट पसल डट कमबाट सामान खरिद गर्दा छुट पाउने जनाएको छ । बैंकले बजेट पसल डट कमसँग व्यवसायिक सम्झौताहरुमा हस्ताक्षर गरेको छ ।

बजेट पसल डट कमबाट खाद्य वस्तुहरु, मोबाइल, ल्यापटप, अन्य विद्युतीय सामाग्री, घरेलु सरसफाई, सुन्दरताका सामाग्री तथा अन्य सामान सजिलै अनलाइन खरिद गर्न सकिने छ ।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढिको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *