२१औं ग्राण्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बने नाडाल – Nepal Press

२१औं ग्राण्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बने नाडाल

काठमाडौं । राफेल नाडालले कीर्तिमानी २१औं ग्राण्डस्लाम जितेका छन् ।

मेलबर्न पार्कमा आइतबार सम्पन्न वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको फाइनल खेलमा यूएस ओपन च्याम्पियन ड्यानियल मेडभेडेभलाई २–६, ६–७, ६–४, ६–४,७–५को नतिजामा हराएका हुन् । यो जितसँगै उनी सबैभन्दा धेरै २१ पटक ग्राण्डस्लाम जित्ने पहिलो पुरुष खेलाडी बने ।

पहिलो र दोस्रो सेट गुमाएका नाडालले त्यसपछिका तीन सेटमा लगातार जित निकालेका थिए ।

उनले १३ पटक फ्रेन्च ओपन , युएस ओपन चार पटक, विम्बलडन र अष्ट्रेलियन ओपन समान २ पटक जितेका छन् ।

सन् २००९मा पहिलो पटक अष्ट्रेलियन ओपन जितेका नाडाल त्यसपछि चार पटक फाइनल पुगेका थिए ।

दुईपटक उपाधि भिडन्तमा जोकोभिचसँग हारेका थिए ।

नाडालसँगै समान २० पटक ग्राण्डस्लाम जितेका सर्बियन खेलाडी जोकोभिच र स्वीट्जरल्यान्डका रोजर फेडेररले अष्ट्रेलियन ओपन खेलेका थिएनन् ।

मेद्भेदेभले भने लगातार अष्ट्रेलियन ओपनको फाइनल हारेका हुन् गत सिजन फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर