कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु – Nepal Press

कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालबाट आँखा उपचार सेवा सुरु भएको छ ।

अस्पतालले आज मुख्यमन्त्री जीवनबहादुर शाहीको आँखा जाँच गर्दै उपचार सेवा सुरु गरेको हो ।

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले २० लाखको लागतमा आँखा विभाग स्थापना गरी उपचार सेवा सुरु गरिएको बताए ।

विगतमा आँखाका विरामीहरुलाई बाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा अब प्रदेश अस्पतालबाटै सेवा सुरु भएको उनले बताए ।

उपकरणहरु थप गर्न लागिएकोले शल्यक्रिया सेवा पनि केही दिनमा नै सुरु गरिने उनको भनाई छ ।

आँखा उपचारका लागि आवश्यक पर्ने उपकरणलगायत अन्य व्यवस्थापनका लागि करिव एक करोडको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरिएको छ

मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश अस्पतालले विस्तारै सबै रोगको उपचार सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *