एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ गते धरानमा हुने – Nepal Press

एनसेल बाह्रखरी गल्फ फागुन १३ र १४ गते धरानमा हुने

धरान । बाह्रखरी मिडियाले आगामी फागुन १३ र १४ गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए ।

गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले उनले धेरै खेलाडीलाई यसअघि सहभागि गराउन नसक्दा दुई दिन मात्रै प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले ९ होलको कोर्स भएकाले एउटा सेसनमा ५४ भन्दा बढी खेलाडीलाई सहभागि गराउन समस्या भएकाले दुई दिन प्रतियोगिता आयोजना गर्नुपरेको बताए ।

६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको जानकारी गराउँदै उनले मूख्य आकर्षण गोल्डेन बल भएको बताए ।

त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले बाह्रखरीले यस्तो राम्रो कार्यक्रम आयोजना गरेर यस क्षेत्रकै गरिमा बढाइदिने काम गरेको बताए ।

बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पत्रकारितालाई नै बलियो बनाउन यो कार्यक्रम आयोजना गरिएको जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर