सेयर बजारमा उछाल, १०५ अंकले वृद्धि – Nepal Press

सेयर बजारमा उछाल, १०५ अंकले वृद्धि

काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार उछाल आएको छ । आज नेप्से १०५.५५ अंकले सेयर बजार वृद्धि भएको छ । ३.८० प्रतिशतले वृद्धि भएर नेप्से परिसूचक २८८५.५३ अंकमा पुगेको हो ।

पछिल्ला दिनमा लगातार घट्दै आएको नेप्से जेठमा स्थानीय तह निर्वाचनको चर्चासँगै आज बढेको छ । चुनावमा आर्थिक क्रियाकलाप बढ्ने भएसँगै अघिल्ला चुनावमा पनि सेयर बजारमा उत्साहजनक वृद्धि हुने गरेको विश्लेषकहरूको अनुभव छ ।

२ सय ३१ वटा कम्पनीको आज ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार १ करोड २१ लख ५५ हजार ४ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको हो । आज सबै समूहमा हरियाली भएको छ ।

१०५ अंकले सेयर बजार वृद्धि भएको दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो र वीन नेपाल लघुवित्तको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ । ती कम्पनीहरूको सेयर मूल्य १०/१० वृद्धि भएको हो ।

बजारमा हरियाली छाएको दिन सबैभन्दा धेरै अपि पावर कम्पनीको सेयर कारोबार भएको छ । सो कम्पनीको आज २६ करोड १५ लाख १६ हजार रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *