चुनावको चर्चाले सेयर बजारमा हरियाली, साढे २ घण्टामै ८० अंकले बढ्यो नेप्से – Nepal Press

चुनावको चर्चाले सेयर बजारमा हरियाली, साढे २ घण्टामै ८० अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिनको कारोबारको साढे २ घण्टामा नै नेप्से ८० अंकले बढेको छ ।

पछिल्ला दिन लगातार घटिरहेको सेयर बजार २.८८ प्रतिशतले वृद्धि हुँदा २८६० अंकमा पुगेको हो ।

नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शिभश्री हाइड्रो पावर कम्पनीलगायतले आजको बजारमा हरियाली ल्याउन सहयोग गरेका छन् ।

बजार खुलेसँगै कुमारी इक्वीटी फन्ट, निफ्रा, पोखरा फाइनान्स, एचआइडिसिएल, लुम्बिनी जेनरल इन्सुरेन्स लगायतको माग बढेको छ ।

चुनावताका सेयर बजार सुधार हुने विगतको अनुभव सुनाउँदै सरकार स्थानीय निर्वाचन जेठमा गर्न तयार भएसँगै नेप्से बढेको केही विश्लेषक बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *