बार्टीले पहिलोपटक जितिन् अष्ट्रेलियन ओपनको उपाधि – Nepal Press

बार्टीले पहिलोपटक जितिन् अष्ट्रेलियन ओपनको उपाधि

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टीले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन् ।

शनिबार मेलबर्न पार्कमा भएको फाइनल खेलमा अमेरिकी खेलाडी ड्यानियल कोलिन्सलाई ६–३, ७–६ (७–२) को सोझो सेटमा पराजित गर्दै बार्टीले पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।

बार्टी पहिलोपटक अष्ट्रेलियन ओपनमा सिङ्गल्सको फाइनल पुगेर उपाधि जितेकी हुन् । यसअघि सन् २०१३मा उनी डबल्सको फाइनल पुगेर हारेकी थिइन् ।

कोलिन्स भने पहिलोपटक ग्राण्डस्लामको फाइनल पुगेकी हुन् ।

यसअघि एक सेट पनि नगुमाइ फाइनल पुगेकी बार्टीले विम्बलडन र फ्रेन्च ओपन जितिसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर