चुम्बन प्रकरणमा १५ वर्षपछि शिल्पाले पाइन् अदालतबाट सफाइ ! – Nepal Press

चुम्बन प्रकरणमा १५ वर्षपछि शिल्पाले पाइन् अदालतबाट सफाइ !

मुम्बई । बहुचर्चित चुम्बन प्रकरणमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले १५ वर्षपछि अदालतबाट सफाइ पाएकी छिन् । हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक थलोमा चुम्बन गरेपछि अश्लिलता फैलिएको आरोप उनीमाथि थियो ।

सन् २००७ मा दिल्लीमा आयोजित एचआइभी एड्ससम्बन्धी एक जनचेतना कार्यक्रममा अभिनेता गेरले शिल्पालाई चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो । अनावश्यक कुराको सिकार भएको भन्दै अदालतले सेट्टीमाथि लगाइएका आरोपलाई अहिले आएर ‘आधारहीन’ भनेको छ।

कट्टरपन्थी हिन्दू समूहले अभिनेत्री सेट्टीलाई गरिएको चुम्बनबाट भारतीय मूल्यमान्यताको अपमान भएको बताउँदै विरोध प्रदर्शन गरेका थिए। भारतमा सार्वजनिक स्थलमा चुम्बन गर्नुलाई कतिपय धार्मिक संगठनले अवाञ्छित गतिविधिका रूपमा लिने गर्ने गरेका छन् ।

झन्डै १५ वर्षअघि अभिनेता गेरले दिल्लीमा अभिनेत्री सेट्टीलाई अङ्कमाल गर्दै उनको गालामा चुम्बन गरेका थिए। पछि उनले त्यसका लागि क्षमायाचना गरेका थिए। चुम्बनबाट एचआईभी सर्दैन भन्ने सन्देश पुर्‍याउन आफूले त्यसो गरेको उनले स्पष्ट पनि पारेका थिए।

घटनापछि अभिनेता गेरविरुद्ध जारी गरिएको पक्राउपुर्जी सर्वोच्च अदालतले तत्कालै खारेज गरिदिएको थियो। लामो अदालती प्रक्रियापछि गत साता मात्रै सोही चुम्बन प्रकरणलाई लिएर लगाइएका आरोप मुम्बईमा खारेज भएको हो।

सो समयमा शिल्पा बेलायती टिभी रियालिटी सो बिग ब्रदरले पनि चर्चामा आएकी थिइन् । त्यस क्रममा आफू जातिवादी मजाक र अपमानको शिकार भएको उनले बताएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *