प्रेमिकासँग मिस्टर नेपाल सन्तोषको इन्गेजमेन्ट – Nepal Press

प्रेमिकासँग मिस्टर नेपाल सन्तोषको इन्गेजमेन्ट

काठमाडौं । ‘मिष्टर नेपाल २०१९’ सन्तोष उपाध्याय र प्रेमिका आरती पराजुलीबीच इन्गेजमेन्ट भएको छ । यसैसाता काठमाडौंको एक ब्यांकेटमा यी दुईबीच इन्गेजमेन्ट भएको हो ।

२५ जनाभन्दा बढी भेला हुन  नपाइने प्रशासनको नियमअनुसार नै दुबैपक्षका परिवारको उपस्थितीमा इन्गेजमेन्ट सेरेमोनी सम्पन्न भएको जनाइएको छ । पेशाले चार्टड अकाउन्टेन्ट समेत रहेकी आरती पोखराकी स्थायी बासिन्दा हुन् । उनी इन्भेस्टमेन्ट बैंककी जागिरे समेत हुन् ।

पेशाले चिकित्सक रहेका सन्तोष स्वास्थ्य नामक डिजिटल प्लेटफर्ममा कार्यरत छन् । उनले सन् २०१९ मा मिस्टर नेपालको उपाधि जितेका थिए । त्यसपछि सन् २०२० मा उनले मिस्टर सुपरस्टार उपाधि जिते । सन् २०२१ मा ‘मिष्टर सुप्रान्यासनलमा थर्ड रनरअप भएका थिए । चाँडै फिल्म अभिनयमा समेत देखिने उनको तयारी छ ।

विवाहको मिति फाइनल नभएको सन्तोषले बताए । ‘दुबै परिवार बीच यसै महिनामा विवाह गर्ने सहमति भएको छ । गते तोक्न बाँकी रहेको छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *