पुनः कोरोना संक्रमण भएपछि गजुरेलको अनुभव : ज्यानै लिने हैन तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ – Nepal Press

पुनः कोरोना संक्रमण भएपछि गजुरेलको अनुभव : ज्यानै लिने हैन तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ

काठमाडौं । अभिनेता तथा हाँस्यकलाकार मनोज गजुरेललाई कोरोनाभाइरस संक्रमण भएको छ । सामाजिक संजालमार्फत उनले आफूलाई भाइरस संक्रमण पुष्टि भएको जनाएका छन् ।

उनले लेखेका छन् ः पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहीँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन । ओमिक्रोनको आक्रमणबाट होम आईसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आईसियुमा पुग्नु भएका हामी सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ ।’

तर, पीसीआर परीक्षण भने आफूले नगरेको गजुरेलले नेपाल प्रेसलाई बताए । ‘रुघाखोकी लागेपछि अहिले घरमै आराम गरिरहेको छु र स्वास्थ्य लाभ भैरहेको छ । अहिले ठीक छु’ उनले भने । गजुरेल दोस्रो लहरको बेला पनि भाइरस संक्रमित भएका थिए । त्यतिबेला भने उनी अस्पताल भर्ना हुनुपरेको थियो ।

गजुरेलले कोरोनाविरुद्ध सतर्क हुन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *