अन्तिम समयमा पुनरागमन गोल गर्दै रियाल एलचेसँग हारबाट जोगियो – Nepal Press

अन्तिम समयमा पुनरागमन गोल गर्दै रियाल एलचेसँग हारबाट जोगियो

काठमाडौं । ला लिगाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडले अन्तिम आठ मिनेटमा पुनरागमन गोल गर्दै २-० पछि परेको खेलमा एलचेसँग बाराबरी खेलेको छ ।

रियालको घरेलु मैदानमा आइतबार राती भएको खेलमा किरिम बेन्जिमाले ३३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्न नसक्दा रियालले अग्रता लिने मौका खेर फालेको थियो ।

एलचेका लागि ४२औं मिनेटमा लुकास बोएले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै एक गोलको अग्रता बनाएको एल्चेका लागि ७६औं मिनेटमा पेरे मिल्लाले दोस्रो गोल गरे ।

दुई गोलले पछि परेको रियालका लागि लुका मोड्रिकले ८२औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेपछि रियाल खेलमा फर्किएको थियो । खेलको इन्जुरि समयामा इडर मिलिटावोले बराबरी गोल फर्काउँदै टोलीलाई हारबाट जोगाएका थिए ।

रियाल २२ खेलबाट ५०अंकसहित तालिकाको शिर्ष स्थानमा छ । एल्चे समान खेलबाट २३अंकसहित १५औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर