सबालेन्का र हालेप अष्ट्रेलियन ओपनको चौथो चरणमा – Nepal Press

सबालेन्का र हालेप अष्ट्रेलियन ओपनको चौथो चरणमा

काठमाडौं । विश्व वरियताको दोस्रो स्थानकी आर्यना सबालेन्काले मार्केटा भोन्ड्रोसोभालाई हराउँदै अष्ट्रेलियन ओपनको चौथो चरण प्रवेश गरेकी छन् ।

शनिबार मेलबर्न पार्कमा भएको खेलमा वरियताको ३१औं स्थानकी भोन्ड्रोसोभालाइ ४–६, ६–३, ६–१ को सेटमा हराउँदै सबालेन्काले चौथो चरणमा स्थान बनाएकी हुन् ।

चौथो चरणमा उनले काइया कानेपीसँग प्रतिस्पर्धा गर्नेछिन् । कानेपीले तेस्रो चरणमा माडिसन इनग्लिसलाई २–६, ६–२, ६–० को नतिजामा पराजित गर्दै चौथो चरणमा सबालेन्कासँगाको भेट पक्का गरेकी थिइन् ।

यसअघि, सिमोना हालेपले दानाक कोभिनिकलाई ६–२, ६–१ को सोझो सेटमा हराउँदै चौथो चरण प्रवेश गरेकी थिइन् ।

वरियताको १४औं स्थानकी हालेपले चौथो चरणमा अलिजे कोरेन्टसँग भिड्ने छन् ।

कोरेन्टले चौथो चरण प्रवेशका लागि वरियताको २९औं स्थनकी तामारा जिदानसेक लाई ४–६, ६–४, ६–२को नतिजामा पराजित गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर