अष्ट्रेलियन ओपनबाट बाहिरिएपनि आफूमा गर्व छ : ओसाका – Nepal Press

अष्ट्रेलियन ओपनबाट बाहिरिएपनि आफूमा गर्व छ : ओसाका

काठमाडौं । वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बहिरिएपछि नाआमी ओसकाले आफ्नो दृष्टिकोण र प्रदर्शनमा आफूले गर्व गरेको बताएकी छन् ।

डिफेन्डिङ च्याम्पियन ओसका शुक्रबार मेलबर्न पार्कमा अमन्दा अनिसिमोभासँग ४–६, ६–३, ७–६ (१०–५) को नतिजामा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

‘म भगवान हैन । म हरेक खेल जित्न सक्दिन । मैले हरेक अंकका लागि लडे र त्यो कुरामा मलाई दुः ख छैन,’ उनले भनिन् ।

सेप्टेम्बरमा भएको युएस ओपनको तेस्रो चरणमा लेला फर्नान्डेजसँग पराजित भएपछि चार पटककी ग्राण्डस्लाम च्याम्पियन ओसाकाले टेनिसबाट केहिसमय ब्रेक लिएकी थिइन ।

त्यसपछि उनले आफ्नो मानसिक स्वास्थ्य जगाउन फ्रेन्च ओपन पनि नखेल्ने बताएकी थिइन् । ओसाकाले विम्बलडन पनि खेलिनन् र पुनः ब्रेक लिनु अघि टोकियो ओलीम्पक, सिनसिनाट्टी र युएस ओपनमा प्रतिस्पर्धा गर्न कार्टमा फर्किएकी थिइन् ।

जनवरीको सुरुमा अष्ट्रेलियन ओपको वार्मअप टुर्नामेन्टमा उन्ले २०२२को मुख्य लक्ष्य भनेको कोर्टमा ‘रमाइलो’ गर्ने रहेको बताएकी थिइन् ।

उनले २० वर्षीय अनिसिमोभासँग पराजित भएपछि यो खेलबाट धेरैकुरा सिकेको महसुस भएको बताइन् ।

‘मलाई लाग्छ यो खेलबाट धेरै कुरा सिकेकी छु । मैले न्युयोर्कमा खेलेको अन्तिम खेलमा म भित्र धेरै फरक मनोवृत्ति थियो ।’ ओसाकाले भनिन्, ‘मलाई यो पनि थाहा छ की मेरो खराब दिनहरु पनि हुनेछन् र राम्रो दिनहरु पनि हुनेछन् । यो सँधै अनियमित छ । मलाई जे भएपनि मैले हरेक अंकको लागि लडेको थाहा पाएर म कोर्ट छोड्न चाहन्छु । ओसाकाले थपिन र, मलाई लाग्छ कि यो त्यस्तो चिज हो जुन म आफैंमा गर्व गर्न सक्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर