लिग कपको उपाधिका लागि लिभरपुल र चेल्सी भिड्ने
नेपाल प्रेस
२०७८ माघ ७ गते ७:३४
एजेन्सी । डिएगो जोटाको दुई गोल गरेपछि आर्सनललाई पराजित गर्दै लिभरपुल इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा प्रबेश गरेको छ ।
बिहीवार राति आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको दोस्रो लेगमा लिभरपुलले २–० गोलअन्तरको जितसहित ६ वर्षपछि चेल्सीसँगको फाइनल भेट निश्चित गरेको हो ।
भ्रमणकारी टोलीका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९०औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
यसअघि पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । यसअघि पहिलो सेमिफाइनलमा चेल्सीले टोटनहमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।
प्रतिक्रिया