प्रधानमन्त्री कप : आर्मीविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै एपीएफ क्लव प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
जितसँगै एपीएफले उपाधिका लागि फाइनलमा बुधबार नेपाल पुलिस क्लवसँग प्रतिस्पर्धा गर्नेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले २० ओभरमा २ विकेट गुमाएर आर्मीलाई १ सय ३१ रनको लक्ष्य दिएको थियो ।
विजयी लक्ष्य पक्ष्याएको आर्मीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाउँन सफल भयो ।
आर्मीका लागि मध्यक्रममा ब्याटिङमा आएका राजेस पुलामीले २१ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ३८ रनको योगदान गरे ।
यस्तै, ओपनर भिम सार्की १९ बलमा ४ चौका र एक छक्कासहित ३५ रन बनाएर पभेलियन फर्किएका थिए । हरि चौहान २२ रन, विक्रम सोब १४ र साहव आलम २१ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा आर्मीले फाइलमा स्थान बनाउने मौका गुमायो ।
एपीएफको वलिङमा कप्तान शरद भेषवाकारले चार ओभरमा १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यस्तै, भुवन कार्की र अविनाश बोहराले समान २ विकेट लिँदा दिपक बोहरा र किशोर महत्तोले १/१ विकेट लिए ।
यसअघि, एपीएफका लागि ओपनिङमा आएका आसिफले ४३ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक ८४ रनको योगदान गरे । उनले पहिलो विकेटका लागि प्रदिपसँग १ सय ५० रनको साझेदारि गरेका थिए ।
प्रदीप ५३ बलमा ७ चौका र एक छक्कासहित ५७ रन जोडेर अविजित रहँदा लोकेश बमले १८ बलामा २ चौका र ९ छक्कासहित ६६ रनको उत्कृष्ट इनिङ खेले ।
आर्मीको बलिङमा जितेन्द्र मुखिया र सुमित श्रेष्ठले १/१ विकेट लिए ।
पुष १६ गतेदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागिय र सात प्रदेश गरेर १० टोलीको सहभागिता रहेको थियो । पुलिस र एपीएफ प्रतियोगितामा अपराजित रहेर फाइनल पुगेका हुन् ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गर्नेछ । प्रतियोगिताको र्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र वलरले समान २० हजार पाउनेछन् । र, सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार प्राप्त गर्नेछन् ।