मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी – Nepal Press

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

एजेन्सी । बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।

सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए ।

सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ खेलमा ५८ गोल गरेका थिए ।

लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजन सर्वाधिक गोल गर्ने गर्ड मुलरको किर्तिमानसमेत तोडेका थिए । मुलरको नाममा ४१ गोल थियो ।लेवान्डोस्कीले ४३ गोलका साथ मुलरको कीर्तिमान तोडेका हुन् ।

यस सिजन लेवान्डोवस्कीले २७ खेलमा ३४ गोल गरिसकेका छन् । त्यस क्रममा उनले च्याम्पियन्स लिगको समूह चरणमा नौ गोल गरेका छन् ।

‘धेरै–धेरै धन्यवाद । म यो अवार्ड जित्दा ज्यादै हर्षित छु । म यो अवार्ड मेरो टोली सहयात्री र प्रशिक्षकलाई समपर्ण गर्न चाहन्छु । मैले कहिल्यै पनि मुलरको कीर्तिमान तोड्छु भनेर कल्पनासमेत गरेको थिइनँ । केही वर्ष अघिसम्म मलाई यो असम्भव लाग्थ्यो । अहिले मुलर हामीमाझ छैनन् । मैले उनको कीर्तिमान तोडेँ । उनलाई धन्यवाद भन्न चाहन्छु । उनको प्रेरणामा मैले राम्रो प्रदर्शन गरे,’ लेवान्डोस्कीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर