चेलिबेटी बेचबिखनविरुद्ध हरिवंशले ल्याए गीत ‘कर्कलो कोक्याउने’ : स्वस्तिमा, मदनकृष्णदेखि आइजीपीसम्मले गरे प्रशंसा – Nepal Press

चेलिबेटी बेचबिखनविरुद्ध हरिवंशले ल्याए गीत ‘कर्कलो कोक्याउने’ : स्वस्तिमा, मदनकृष्णदेखि आइजीपीसम्मले गरे प्रशंसा

काठमाडौं । हरिवंश आचार्यको संगीतमा तयार भएको गीत ‘कर्कलो कोक्याउला’ गीत इन्टरनेटमा रिलिज भएको छ । बिहीवार राजधानीमा आयोजित कार्यक्रममा गीत लन्च गरियो ।

प्रहरी प्रमुख शैलेन्द्र थापा क्षेत्री, अभिनेता मदनकृष्ण श्रेष्ठ, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, अभिनेता किरण केसीले गीत लन्च गरे । गीतमा हरिवंश र समीक्षा अधिकारीले स्वर दिएका छन् ।

मानव सुवेदीले निर्देशन गरेको म्युजिक भिडिओमा हरिवंश र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । गीत लन्च कार्यक्रममा बोल्दै हरिवंशले गीत हेर्नेक्रममा आफू भावुक भएको बताए ।

प्रहरी प्रमुख थापाले यो गीतले नेपाली समाजमा हुने बलात्कारजन्य अपराध र हिंसालाई चित्रण गरेको बताए । माइती नेपालकी अध्यक्ष पछिल्लो समय नेपालमा चेलिबेटी बेचबिखनका घटना बढेको भन्दै यस गीतले सचेतनाको कार्य गर्ने बताइन् ।

अभिनेता मदनकृष्ण श्रेष्ठले चेलिबेटी बेचबिखन रोक्न सरकारको ध्यान जानुपर्ने बताए । गीतले सचेतनाको काम गर्ने उनको भनाई छ ।

अभिनेत्री स्वस्तिमा खड्काले महजोडीसँग सहकार्य गर्न पाउँदा खुशि लागेको बताइन् । निर्देशक सुवेदीको प्रशंसा गर्दै उनले उनी नेपाली फिल्म उद्योगकै भविष्य र उदाहरणीय व्यक्ति भएको बताइन् । गीतले समाजमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *