राष्ट्रिय बास्केटबल लिगमा हरेक टोलीले दुई विदेशी खेलाडी समावेश गर्न पाउने (भिडिओ) – Nepal Press

राष्ट्रिय बास्केटबल लिगमा हरेक टोलीले दुई विदेशी खेलाडी समावेश गर्न पाउने (भिडिओ)

काठमाडौं । टर्नपाइक इभेन्ट म्यानेजमेन्टले नेपाल बास्केटबल संघसँगको सहकार्यमा पहिलो पटक बास्केटबल फ्रेन्चाइज लिगको आयोजना गर्नै भएको छ । आयोजकले बिहिबार पत्रकार सम्मेलन गर्दै आठ फ्रेन्चाइज टोलीले हरेक टोलीमा २ जना विदेशी खेलाडी समावेश गर्न पाउने जानकारी दिएका छन् ।

प्रतियोगिताका आठ टोलीमा २ विदेशी गरि उपत्यकाका ३० प्रतिशत र मोफसलबाट ७० प्रतिशत खेलाडीको सहभगीता रहनेछ ।

कोभिडले केही प्रभावित नगरे प्रतियोगिता वैशखभित्र आयोजना गर्ने नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भिम सिंह गुरुङले बताएका छन् । उनले यो प्रतियोगिताको घोषणा सँगै आगामी दिनहरुमा निरन्तर रुपमा बास्केटबल प्रतियोगिताहरु भई रहने र यसपटक पुरुषको मात्रै हुन लागेको भएकाले विस्तारै महिला तथा उमेर समुहमा पनि यस्तै लिग गराउने जानकारी पनि दिएका छन् ।

लिगमा खेल्ने क्लबहरूलाई काठमाडौ, ललितपुर, कीर्तिपुर, पोखरा, भक्तपुर, धरान, विराटनगर, चितवन र बुटवलरधनगढीका शहरहरूलाई प्रतिनिधत्व गर्ने गरी विभाजन गरिएको आयोजकले जनाएको छ ।

टर्नपाइक इभेन्टको अधिनमा रहेको राष्ट्रिय बास्केटबल लिग को ८ फ्रेन्चाइज क्लबहरूको संरचना गरिएको घोषणा गरिने टर्नपाइकले जनाएको छ । यस लिगका क्लवहरूसँग लिइने लाईसेन्स फिबापतको रकमको ४० प्रतिशत टर्नपाइकले नेपाल बास्केटबल संघलाई बुझाउनेछ ।

प्रतियोगिताका सबै खेलहरु दशरथ रंगाशालास्थित बहुउद्देश्य कभर्डहलमा हुनेछन् । यसको औपचरीक मिति चाँडै घोषणा गर्ने आयोजकले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर