थन्डर्सविरुद्ध हुरिकेन्सको जितमा सन्दीपको २ विकेट
नेपाल प्रेस
२०७८ पुष २९ गते १५:०२
काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आवद्ध टोली होवर्ट हुरिकेन्सले बिग बास लिग (बीबीएल) मा सिड्नी थन्डर्सलाई ९ रनले पराजित गरेको छ ।
हुरिकेन्सको जितमा सन्दीपले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।
बिहिवार डकल्यान्ड स्टेडियम, मेलवर्नमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको हुरिकेन्सले थन्डर्सलाई लाई १ सय ७८ रनको लक्ष्य दिएको थियो । हुरिकेन्सले दिएको लक्ष्य पच्छ्याएको थन्डर्सले निर्धारित २० ओभरमा १ सय ६८ रनमात्र बनाउन सक्यो ।
जितसँगै होवर्टले १२ खेलमा ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । २४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
प्रतिक्रिया