धितोपत्र बोर्ड अध्यक्ष छनोटको कार्यविधि तयार, यस्ता छन् मापदण्ड (कार्यविधिसहित) – Nepal Press

धितोपत्र बोर्ड अध्यक्ष छनोटको कार्यविधि तयार, यस्ता छन् मापदण्ड (कार्यविधिसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष छनोट तथा सिफारिसको लागि कार्यविधि तयार पारेको छ ।

अध्यक्षका उम्मेदवारको शैक्षिक योग्यता, अनुभव र तालिममा ५० अंक, व्यावसायिक कार्ययोजनामा ५० अंक, प्रस्तुतीकरणमा ३० अंक र अन्तर्वार्तामा २० अंक गरी कुल १५० अंक कायम गरिएको छ ।

धितोपत्र बोर्डले अध्यक्ष नियुक्तिका लागि पहिलोपटक निकालेको सूचना विवादमा आएपछि पुन: आवेदन खुलाएको छ ।

तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना निलम्बनमा परेपछि नयाँ अध्यक्ष नियुक्तिका लागि सत्तारुढ घटक कांग्रेस र माओवादीको स्वार्थ बाझिएपछि नियुक्ति प्रक्रिया दोहोरिएको हो ।

छनोट समितिले सिफारिस गरेका ३ जनाको नाममध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई नियुक्त गर्नेछ ।

हेर्नुस् कार्यविधि :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *