‘ए’ डिभिजन लिग : थ्री–स्टारको तेस्रो जितमा शेर्पा पराजित – Nepal Press

‘ए’ डिभिजन लिग : थ्री–स्टारको तेस्रो जितमा शेर्पा पराजित

काठमाडौं । हिमालयन शेर्पा क्लबको आत्माघाति गोल उपहार र घानिफो अन्सुमानाको एक गोलमा थ्री–स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा आइतबार भएको खेलमा शेर्पालाई २–० गोलले पराजित गर्दै थ्री–स्टारले तालिकामा स्पस्ट तीन अंक जोडेको छ ।

थ्री–स्टारका लागि ५७औं मिनेटमा शेर्पाका डिफेन्डर अम्रित श्रेष्ठले आत्माघाति गोल उपाहार दिएका थिए । थ्री–स्टारका फरवार्ड रितिक कुमार खड्काले प्रहार गरेको बल क्लियर गर्ने क्रममा उनले आफ्नो पोष्टमा गोल गरेका थिए ।

यस्तै, दोस्रो हाफको इन्जुरी समयमा घानिफो अन्सुमानाले गोल गर्दै थ्री–स्टारका लागि २–० ले जित सुनिश्चित गरेका थिए ।

३०औं मिनेटमा थ्री–स्टारका मिडफिल्डर हेमन्त थापा मगरको कर्नरमा राफेल रिमले गरेको हेडर क्रसबारमा लागेर बाहिरिएको थियो । त्यसको पाँच मिनेट नबित्दै थ्री–स्टारका संजोक राईको पासमा घनिफो अंशुमाना कोम्हको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो ।

पहिलो हाफको इन्जुरी समयमा फरवार्ड पूर्णबहादुर गुरुङको प्रहार क्रसबारमा लागेर फर्कदा हिमालयन शेर्पाले अग्रता लिने राम्रो अवसर खेर फालेको थियो ।

हिमालयन शेर्पाले ७३औं मिनेटमा बराबरी गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेन । हिमालयनका मुतम्बा पिस्टोनीले गरेको प्रहार थ्री स्टारका गोलकिपर प्रिसोले सहजै नियन्त्रणमा लिएका थिए ।

यस्तै, शेर्पाका विजय श्रेष्ठको पासमा जीवन गुरुङको प्रहार थ्री–स्टारका गोलकिपरले क्लियर गरिदिएका थिए ।

खेलको निर्धारित समयसम्म दुबै टोलीले गोल गर्ने थुप्रै अवसर खेल फालेका थिए ।

जितसँगै थ्री–स्टार ८ खेलबाट १३अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । पराजित शेर्पा समान ८ खेलमा ११ अंकसहि छैठौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर