बराबरी खेल्दै सौराहा र नारायणगढले अंक बाँडे – Nepal Press

बराबरी खेल्दै सौराहा र नारायणगढले अंक बाँडे

चितवन । चितवन जिल्ला ‘ए’ डिभिजन लिगमा सौराहा युवा समाज फेरि बराबरीमा रोकिएको छ ।

शनिबार भएको पहिलो खेलमा सौराहा नारायणगढ फुटबल क्लब नारायणगढसंग १-१ को बराबरीमा रोकिएको हो । जारी लिगमा सौराहाको यो लगातार दोस्रो बराबरी हो । सौराहा यसअघि पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनीसंग २-२ को बराबरीमा रोकिएको थियो ।

लगातार दोस्रो बराबरीपछि समूह ‘ए’ मा २ अंक बटुलेको छ । एनएफसी भने पहिलो खेलमा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) संग ४-० ले पराजित भएको छ । आजको बराबरीपछि एनएफसीको एक अंक भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा एनएफसीले पहिलो हाफमा अग्रता लिएको थियो । खेलको १० औं मिनेटमा दीपजङ्ग तामाङले गोल गर्दै एनएफसलाई अग्रता दिलाएका थिए । तर एनएफसीको अग्रता पहिलो हाफसम्म मात्रै सीमित रह्यो ।

दोस्रो हाफमा सौराहाले बराबरी गोल फर्कायो । ५९ औं मिनेटमा सन्जय चौधरीले गोल गर्दै खेलमा बराबरी गरे । खेलको म्यान अफ दि म्याच एनएफसीका सागर लोप्चम घोषित भए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर