सनराइज बैंकको रेमिट मुद्दती खाता सञ्चालनमा – Nepal Press

सनराइज बैंकको रेमिट मुद्दती खाता सञ्चालनमा

काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए।टि।एम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *