बिग बास लिगमा एडिलेड स्ट्रिकेर्सविरुद्ध सन्दीपको २ विकेट – Nepal Press

बिग बास लिगमा एडिलेड स्ट्रिकेर्सविरुद्ध सन्दीपको २ विकेट

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिगमा एडिलेड स्ट्रिकेर्सविरुद्ध दुई विकेट लिएका छन् ।

एडलाइड ओभलमा आज भएको खेलमा होवर्ट हुरिकेन्सबाट उनले चार ओभर वलिङ गर्दै २२ रन खर्चेर २ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको हुरिकेन्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २६ रनको योगफल तयार गरेको थियो । हुरिकेन्सको ब्याटिङमा डी आर्की सर्टले सर्वाधिक ३२ रन बनाए । यस्तै, टिम डेभिडले २८ रन र मिचेल ओविनले १६ रन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एडिलेडको वलिङमा पिटर सिडेलले सर्वाधिक ५ विकेट लिए । यस्तै रासिद खानले २ तथा म्याथु सर्ट र ह्यारि कार्नवेले समान एक विकेट लिए ।

हुरिकेन्सले दिएको १ सय २७ रनको लक्ष्य एडिलेडले १५.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै १ सय २९ रन बनायो । एडिलेड को जितमा म्याथु सर्ट ४४ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रन बनाएर अविजित रहे । हेन्री हन्टले १८ रन, म्याट रेन्सले १९ र जोनाथान विल्सले ११ रन बनाए ।

यस्तै, हुरिकेन्सको वलिङमा सन्दीपले २ विकेट लिए भने सटले १ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *