छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ८ मा हुने – Nepal Press

छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड माघ ८ मा हुने

काठमाडौं । छैठौं झिल्टुङ्ग क्रसकन्ट्री दौड प्रतियोगिता माघ ८ गते हुने भएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ५ को आयोजना तथा एथलेटिक्स परिवार नेपालको सहयोगमा हुने प्रतियोगितामा महिला तथा पुरुष तर्फ गरेर १० इभेन्ट हुनेछन् ।

बुधबार एक कार्यक्रमबीच आयोजकले १३.५ किमि खुल्ला, ४.५ किमि खुल्ला यू–१६, स्थानीय खुल्ला ४.५ किमि यू–१६, भेट्रान खुल्ला १३.५ किमि, १३.५ किमि खुल्ला स्थानीय पुरुष, ,४.५ किमि खुल्ला स्थानीय ४५ बर्ष माथि र तीन÷तीन जनाको टोली बनाएर स्थानीय आमासमूहले १.५ किमि रिले दौड गर्ने जनाएको छ ।

खुल्ला स्थानीयतर्फ १३.५ किमि, स्थानिय ४५ वर्ष मुनि ४.५ किमि र खुल्ला भेट्रान १३.५ किमि इभेन्ट भने पुरुषतर्फ मात्र हुनेछ ।

प्रतियोगितामा १३.५ किमि खुल्ला महिला तथा पुरुष तर्फ विजेताले समान १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रोले १० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्नेछन् ।

१३.५किमि खुल्ला स्थानिय पुरुष तर्फ पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार तथा तेस्रो हुनेले समान ५ हजार पाउनेछन् ।

यस्तै, ४.५ किमि खुल्ला जुनियर छात्र/छात्रातर्फ समान रुपमा प्रथम हुनेले ६ हजार, दोस्रोले ४ हजार र तेस्रो हुनेले २ हजार प्राप्त गर्नेछन् । स्थानिय यु–१६ छात्र÷छात्रा ४.५किमि तर्फ पहिलो हुनेले ६ हजार, दोस्रोले ४ हजार र तेस्रो हुनेले २ हजार हात पार्नेछन् ।

स्थानिय ४५ वर्ष माथि पुरुष ४.५किमि तर्फ प्रथमहुनेले हुनेले ६ हजार, दोस्रोले ४ हजार र तेस्रो हुनेले २ हजार प्राप्त गर्नेछन् । भने भेट्रान खुल्ला पुरुषतर्फ पहिलो हुनेले १२ हजार, दोस्रो हुनेले ९ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गर्नेछन् ।

स्थानिय आमा १.५किमि रिले दौडमा प्रथम हुनेले १२ हजार, दोस्रो हुनेले ९हजार र तेस्रो हुनेले ६ हजार प्राप्त गर्ने छन् ।

क्रसकन्ट्री दौडलाई विकसित गर्ने उद्देश्यले आयोजित प्रतियोगिता बेलकोटगढि नगरपालिका वडा नं ५ कोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै फेरि कोल्पुटारमा आई समाप्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर