३० अंकले घट्यो सेयर बजार – Nepal Press

३० अंकले घट्यो सेयर बजार

काठमाडौं । आज सेयय बजार ३०.७५ अंकले घटेको छ । पुस १४ गतेदेखि सेयर बजार बढिरहेको थियो । तर आज भने नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा झरेको हो ।

आज २ सय ३६ वटा कम्पनीको ४ अर्ब ६२ करोड १५ लाखको ९५ लाख ५९ हजार ४ सय २९ कित्ता सेयर खरिद बिक्री भएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरैै विजय लघुवित्तमा ४.५५ प्रतिशतले घाटा छ ।

शिवम् सिमेन्टको १८ करोड ७२ लाख ६२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सो कम्पनीको नै आज सबैभन्दा धेरै कारोबार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *