ए डिभिजन लिग : पुलिसलाई पराजित गर्दै शीर्ष स्थानमा मछिन्द्र, एएफसी छनाेट खेल्ने पक्का – Nepal Press

ए डिभिजन लिग : पुलिसलाई पराजित गर्दै शीर्ष स्थानमा मछिन्द्र, एएफसी छनाेट खेल्ने पक्का

काठमडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तरगत नेपाल पुलिस क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सुनिल बलको निर्णायक गोलमा मछिन्द्रले जित निकालेको हो ।

तालिकाको शीर्ष स्थानमा रहेर मचिन्द्रले एएफसी कप छनोट चरणका लागि स्थान बनाएको छ ।

मछिन्द्रका लागि खेलको २२औं मिनेटमा सुनिल बलले निर्णयक गोल गरेका थिए ।

लिगमा सातौं चरणसम्म तालिकाको शीर्ष स्थानमा रहने एएफसी कप लाइसेन्स प्राप्त टोलीले एएफसी कप छनोट खेल्ने नियम रहेको छ ।

लिगमा एएफसी कप लाइसेन्स प्राप्त टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, मनाङ मर्स्याङदी क्लब र मछिन्द्र क्लब हुन ।

सातौं चरणमा आईपुग्दा मनाङ तालीकाको दोस्रो स्थानमा छ भने, आर्मी चौथो र एपीएफ ११औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर