अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ – Nepal Press

अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व चाप ब्योहोर्नुपरेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८ प्रतिशत बेडहरू भरिभराउ छन् । जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले उक्त जनाकारी दिएको सीएनएनले जनाएको छ।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८ प्रतिशत आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड१९का बिरामीहरू छन् । अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *