२६४ जना नयाँ संक्रमित थपिए, २६० डिस्चार्ज – Nepal Press

२६४ जना नयाँ संक्रमित थपिए, २६० डिस्चार्ज

काठमाडौं । नेपालमा आज कोरोना भाइरसका २६४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप २६० जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

मन्त्रालयले दुईजनाको मृत्यु भएको जनाएको छ ।

आज देशभरी ४ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *