सौगात र सृष्टिको फिल्म ‘राधा’ जेठमा रिलिज हुने : टीजर पोस्टर लन्च – Nepal Press

सौगात र सृष्टिको फिल्म ‘राधा’ जेठमा रिलिज हुने : टीजर पोस्टर लन्च

काठमाडौं । सौगात मल्ल र सुवर्ण थापाले मिलेर निर्माण गरेको फिल्म ‘द सेक्रेट्स अफ राधा’ कोरोना महामारीको स्थितीमा सुधार भए आगामी जेठमा प्रदर्शन हुने भएको छ ।

सोमबार फिल्मको टीजर पोस्टर लन्च गर्दै निर्देशक एवं निर्माता थापाले फिल्मबारे जानकारी गराएका हुन् । पोस्टरमा पूर्वमिस नेपाल समेत रहेकी सृष्टि श्रेष्ठ चित्रण छिन् । फिल्ममा उनी एकल महिलाको भूमिकामा प्रस्तुत भएकी छिन् ।

‘सुरुआतमा कान्स, भेनिस र अन्य युरोपेली फिल्म फेस्टिभलमा एप्रोचपछि नेपाल रिलिज गर्ने तयारीमा छौं’ निर्देशक थापाले नेपाल प्रेसलाई भने, ‘मे अन्तिमतिर नेपालमा रिलिज गर्ने हाम्रो तयारी छ ।’

फिल्मको प्रदर्शन कोरोनाभाइरसको स्थितीमा निर्भर हुने समेत उनले जनाए । अहिले फ्रान्समा सम्पादक, ओरजिनल म्युजिक र मिक्सिङको काम भैरहेको उनले जनाए ।

नारी सशक्तीकरणको सन्देश दिने फिल्मले एकल महिलाको संघर्ष चित्रण गर्ने जनाइएको छ । सोसल ड्रामा फिल्मले सन् २०१७ मा दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलबाट १० लाख रुपैयाँको ग्रान्ट समेत जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *