एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल – Nepal Press

एसीसी यू-१९ एसिया कप: श्रीलंकाविरूद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू-१९एसिया कपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको छ ।

समूह ‘बी’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १ सय ५४ रनको नतिजा पराजित भएको थियो थियो । श्रीलंकाले पहिलो खेलमा कुवेतविरूद्ध २ सय ७४ रनको जित निकालेको थियो ।

समूह ‘बी ’मा दुई खेलबाट चार अंकसहित बंगलादेश शीर्ष स्थानमा छ भने एक खेलमा दुई अंक जोडेको श्रीलंका दोस्रो स्थानमा छ ।

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न नेपालले बाँकी खेलमा फराकिलो जित निकाल्नु पर्ने दवाव रहेको छ ।

श्रीलंका अहिले दस ओभरको समाप्तिमा ३९र० को अवस्थामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *