मोदीद्वारा देशवासीलाई सम्बोधन : जनवरीदेखि १५ देखि १८ वर्षका बालबालिकालाई खोप लगाइने – Nepal Press

मोदीद्वारा देशवासीलाई सम्बोधन : जनवरीदेखि १५ देखि १८ वर्षका बालबालिकालाई खोप लगाइने

दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाभाइरसविरुद्धको खोप प्रदान गरिने घोषणा गरेका छन् । शनिबार राती १० बजे राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले जनवरी ३ सोमबारदेखि खोप दिइने घोषणा गरे ।

बालबालिकालाई खोप दिँदा अभिभावकको चिन्ता पनि कम हुने बताउँदै प्रधानमन्त्री मोदीले बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउने बताए । पछिल्लो समय भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा वृद्धि भैरहेको बेला भारतको केन्द्रिय सरकारले यस्तो घोषणा गरेको हो ।

खोप अभियानलाई गति दिने र विस्तार गर्ने सरकारको तयारी समेत रहेको मोदीले बताए । ‘कोरोनाविरुद्धको लडाइमा हामी थप बलियो बनेर अघि बढ्छौं’ मोदीले सम्बोधनमा भने । पछिल्लो साता ओमिक्रोन संक्रमणमा वृद्धि भएपछि भारतका कतिपय राज्यले प्रतिबन्धहरु लगाउन थालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *