पुस ३० गतेदेखि आरोहण गुरुकुल पुनः संचालनमा आउँदै : पाँचवटा नाटक मञ्चनको तयारी – Nepal Press

पुस ३० गतेदेखि आरोहण गुरुकुल पुनः संचालनमा आउँदै : पाँचवटा नाटक मञ्चनको तयारी

काठमाडौं । एक दशकभन्दा पहिले बन्द रहेको चर्चित नाटक घर आरोहण गुरुकुल पुनः संचालनमा आउने भएको छ । काठमाडौं महानगरपालिकाले एकवर्षको भाडा ब्योहोर्ने भएपछि थापागाउँस्थित गुञ्ज थिएटरको हलमा गुरुकुल संचालन हुने भएको छ ।

पुस ३० गते गुरुकुलले औपचारिकरुपमा नाटकको रिहर्सल सुरु गर्ने भएको छ । गुरुकुल संस्थापक सुनिल पोखरेलले विगतका गल्तीलाई सच्याएर गुरुकुललाई अघि बढाइने बताए । ‘‘गुरुकुल’ बन्द हुनुको पछाडि मेरै गल्ती थियो । त्योवेला मैले भविष्य सोचिनँ । यसैगरी चल्दै जान्छ, जे भइरहेको छ त्यो ठिकै छ जस्तो लाग्यो । मैले वर्तमानलाई मात्रै सोचेछु, भविष्यका बारेमा सोचिनछु’ पोखरेलले भने ।

उनले अगाडि भने, ‘मैले आफ्नो सीमा थाहा पाइसकेको छु । मेरो काम नाटक गर्ने मात्रै हो । टिकट कति बिक्री भइरहेको छ रु अरू के–के भइरहेको छ चासो राख्ने मेरो काम होइन ।’ तत्कालै पाँचवटा नाटक मंचनको तयारी भैरहेको उनले बताए । गुरुकुलका पुराना नाटक ‘डल्स हाउस’, ‘ताराबाजी लै लैै’,‘जात सोध्नु जोगीको’, ‘अग्निको कथा’ र एउटा नयाँ नाटक मञ्चन गरिने भएको छ ।

कलाकारका रूपमा पुराना विद्यार्थीसँग पनि छलफल भइरहेको र केही नयाँ कलाकार पनि हुने पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *