प्रधानमन्त्री कप महिला क्रिकेट प्रदेश नम्बर–१ र एपीएफ फाइनल प्रवेश – Nepal Press

प्रधानमन्त्री कप महिला क्रिकेट प्रदेश नम्बर–१ र एपीएफ फाइनल प्रवेश

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ र विभागीय टोली एपीएफ क्लव फाइनल प्रवेश गरेका छन् ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै प्रदेश नम्बर–१ फाइनल प्रवेश गर्दा लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै एफिएफ फाइनल प्रवेश गरेको हो ।

पहिलो सेमिफाइलन खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश नम्बर– १ ले फाईनलमा स्थान सुरक्षित बनाएका थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले प्रदेश नम्बर–१ सामु ८६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । सो लक्ष्य प्रदेश नम्बर–१ ले १ विकेट मात्र गुमाएर १६ ओभर ५ बलमा भेटाएको हो ।

प्रदेश नम्बर–१ का लागि सुरुवाति ब्याट्सम्यान कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको बलियो साझेदारी गरेकी थिइन् ।

कप्तान रुविना क्षेत्रीले अविजित ३१ रनको पारी खेल्दा काजल श्रेष्ठले २८ रन बनाएर आउट भएकी थिइन् । सुदुरपश्चिमका लागि कविता जोशीले एक विकेट लिईन् ।

यसअघि सुदुरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्दै ८५ रनको सामान्य योगफल मात्रै बनाएको थियो । ७ रन जोड्ने क्रममा सुरुवाती चरणका महत्वपूर्ण ३ विकेट गुमाएको सुदूरपश्चिमका लागि मध्य क्रमकी ब्याट्सम्यान सम्झना खड्काले २७ र कप्तान रितु कनौजियाले २५ रन जोडेकी थिइन् । अन्य ब्याट्म्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमलाई सामान्य लक्ष्यमा रोक्नेक्रममा प्रदेश नम्बर–१ की कप्तान रुविना क्षेत्री, अलिशा खाडिया, संगीता राई र ज्योती दनवारले समान एक÷एक विकेट लिईन् । खेलमा प्रदेश १ की कप्तान रुविना प्लेयर अफ द म्याच भईन् ।

शनिबार नै सम्पन्न दोश्रो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै एपिएफ फाइनल प्रवेस गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै गण्डकी प्रदेश समक्ष १ सय २९ रनको मध्यम लक्षय प्रस्तुत गरेको थियो ।

एपीएफका लागि रोमा थापाले अविजित ४२ रनको पारी खेलिन्, भने ममता चौधरीले २७, सीता रानामगरले १८, राजमति ऐरी १४ तथा ज्योती पाण्डेयले ११ रन बताएका थिए । बलिङ तर्फ लुम्बिनीका लागि मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान एक एक विकेट लिईन् ।

१ सय ३० रनको विजय लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश भने ९१ रनमै समेटिन पुग्यो । पुरै २० ओभर खेलेको लुम्बिनीले ५ विकेट गुमाउँदै ९१ रन मात्रै बनाएको हो । लुम्बिनीका लागि नेरी थापाले अविजित ३८ रन बनाएपनि टीमलाई जित दिलाउन भने असमर्थ रहिन् ।

यस्तै, लुम्बिनीकी नितु भण्डारीले १८ रन जोडिन् । बलिङ तर्फ एपिएफका लागि रेखा रावलले ३ विकेट लिईन्, भने सीता रानामगरले एक विकेट लगिन् । सो खेलमा एपिएफकी रोमा थापा प्लेयर अफ द म्याच भईन् ।

फाइनल प्रवेश गरेका दुवै टोलीबीच आइतबार भोली उपाधिका लागि प्रतिष्पर्धा हुने छ प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्दितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।

नेपाल क्रिकेट संघको आयोजना तथा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह–आयोजनामा पुस ३ गते देखि फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा ७ प्रदेश र विभागीय टोली एपीएफले भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर