सेन्ट्रल जोन भलिबलः बंगलादेशलाई हराउँदै नेपालको लगातार तेस्रो जित – Nepal Press

सेन्ट्रल जोन भलिबलः बंगलादेशलाई हराउँदै नेपालको लगातार तेस्रो जित

काठमाडौं । नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।

ढाकास्थित शहीद सुरावर्दि कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध २५–५, २५–१५, २५–१७ को सहज जित निकालेको हो ।

पहिलो खेलमा श्रीलंकामाथि ३–२ को नाटकीय जित निकालेको नेपालले दोस्रो खेलमाा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

लगातार तीन खेल जितेको नेपाल ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । चौथो खेलमा नेपालले आइतबार नेपाली समयअनुसार दिउँसो १ः१५ बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

राउन्ड रोबिनका आधारमा हुने यो प्रतियोगितामा शीर्ष दुई टोलीले डिसेम्बर २९ मा फाइनल खेल्ने छन् ।

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेश, किर्गीस्तान, माल्दिभ्स, नेपाल, श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर