क्रिसमस बिदामा नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै – Nepal Press

क्रिसमस बिदामा नेपाल आएकी श्रृंखला प्रेमीसँग रमाउँदै

काठमाडौं । क्रिसमस बिदाको छेको पारेर पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकादेखि नेपाल आइपुगेकी छिन् ।

चार महिनाअघि हावर्ड विश्वविद्यालयमा अध्ययनलाई गएकी श्रृंखला यसैसाता काठमाडौं आइपुगेकी हुन् । काठमाडौं आइपुगेको खबरलाई उनले गोप्य राख्ने प्रयास गरिन् ।

बिहीबार हजुरबुबाको पुस्तक बिमोचन कार्यक्रममा भेटिएपछि मात्र उनी नेपाल आइपुगेको खबर बाहिरिएको हो । अघिल्लो पटकका विदेश भ्रमणमा उनले यसबारे सामाजिक संजालमा जानकारी दिने गर्थिन् ।

मिडिया हाइपबिनै काठमाडौं आइपुगेकी श्रृंखला अहिले साथीभाइ र पारिवारिक भेटमा व्यस्त छिन् । बिहीबार प्रेमी सिसन बानियाँसग रमाउँदै गरेको इन्स्टाग्राम स्टोरी पोस्ट गरेकी छिन् ।

डिनर डेटमा श्रृंखला प्रेमीसँग हर्षित भावमा देखिएकी छिन् । श्रृंखला अमेरिका गएपछि सिसनको सम्बन्ध गायिका त्रिशला गुरुङसँग गाँसिएको हल्ला थियो । तर, बिहीवारको उनीहरुको उक्त डिनर डेटले उक्त हल्लालाई खण्डन गरेको अपेक्षा गरिएको छ ।

श्रृंखला र सिसन केहीवर्षदेखि सम्बन्धमा छन् । सार्वजनिकरुपमा प्रेमलाई नस्वीकारेपनि मायालाई उनीहरुले लुकाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *