हरभजन सिंहले लिए क्रिकेटबाट सन्न्यास – Nepal Press

हरभजन सिंहले लिए क्रिकेटबाट सन्न्यास

नयाँ दिल्ली । भारतीय स्पिनर हरभजन सिंहले सबै प्रकारका क्रिकेटबाट औपचारिक सन्न्यास लिएका छन् । ट्विटरमा एक भिडियो सन्देश पोष्ट गर्दै उनले औपचारिक सन्न्यासको घोषणा गरेका हुन् ।

भारतीय राष्ट्रिय टिमबाट सिंह लामो समयदेखि बाहिर थिए । यद्यपि, उनको आइपीएल फ्रेन्चाइज कोलकात्ता नाइट राइडरसँग आवद्धता रहेकाले सन्न्यासको घोषणा गरेका थिएनन् ।

आफ्नो भिडियो सन्देशमा सिंहले भनेका छन्, ‘जीवनमा एउटा समय आउँछ, जब तपाईंले कठिन निर्णय लिएर अघि बढ्नुपर्ने हुन्छ । मैले यो घोषणा केही वर्षअघि नै गर्न लागेको हो । तर, तपाईंहरुलाई भन्नका लागि सही समयको प्रतिक्षामा थिएँ । आज म सबै प्रकारका क्रिकेटबाट अवकाश लिएको घोषणा गर्छु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर