गण्डकीमा पहिलो पटक रक क्लाइम्विङ फेस्टिबल सुरु – Nepal Press

गण्डकीमा पहिलो पटक रक क्लाइम्विङ फेस्टिबल सुरु

काठमाडौं । गण्डकी प्रदेश अन्तरगत तनहुँको विमलनगरमा पहिलो पटक रक क्लाइम्विङ फेस्टिबल सुरु भएको छ । आजबाट सुरु भएको फेस्टिबल आइतबारसम्म चल्ने आयोजक संस्था गण्डकी अल्पाइन क्लबले जनाएको छ ।

रक क्लाइम्विङ फेस्टिबलमा रक क्लाइम्विङ प्रतियोगिता, रक क्लाइम्विङ कार्यशाखा गोष्ठी र सहासिक खेलबाट पर्यटन प्रवर्द्धन गर्ने बारे छलफल समेत गर्ने क्लवका अध्यक्ष नरेन्द्र शाहीले बताए ।

नेपालकै उत्कृष्ट मध्येमा पर्ने विमलनगरको चुन पहराको अन्तर्राष्ट्रिय जगतसम्म थप प्रवर्द्धन गर्न फेस्टिवलले सहयोग गर्ने लक्ष्य कार्यक्रमबाट लिइएको शाहीले बताए ।

शुक्रबार कार्यक्रमको नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले उद्घाटन गरेको थियो । रक क्लाइम्विङ प्रतियोगितामा तीन जना विदेशी सहित एक सय जना भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिता महिला र पुरुषको छुट्टा छुट्टै हुने छ । प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतियलाई क्रमसः ५०, २० र १० हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिने जनाएको छ ।

३० वटा रुट रहेको यस पहरामा १२० मिटरसम्म चढ्नु पर्ने निर्णायक माउन्टेन गाइड तुल सिं गुरुङले बताए । निर्णयकमा माउन्टेन गाइड नरेन्द्र शाही, अनुप गुरुङ, सुमन गुरुङ, विनायक जय मल्ल र पेम्वातेन्जिङ भोटेले गर्ने छन् ।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, बन्दीपुर गाउँपालिकाले समेत सहयोग गरेको छ । रक क्लाइम्विङका लागि वाहिरी स्पोटमै प्रतियोगिता भएको यो पहिलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर