बूढानीलकण्ठमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता गरिँदै – Nepal Press

बूढानीलकण्ठमा राष्ट्रिय रेस्लिङ प्रतियोगिता गरिँदै

काठमाडौं । पहिलो ‘र विन्टर स्लाम २०२१’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना गरिने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका- १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा शनिबारदेखि बूढानीलकण्ठस्थित चुन्निखेल मैदानमा प्रतिष्ठित रेस्लरहरूसहित प्रतियोगिता आयोजना हुने नेपाल रिङ रेस्लिङ संघले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटे टाइगर, चटान, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन,बाका, यूबीएललगायत महिला तथा पुरुष खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजकका अनुसार प्रतियोगितामा हेभी वेट च्याम्पियनले ८० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले ६० हजार, मिडल वेट च्याम्पियनले ५० हजार, ट्याग टिम च्याम्पियनले ४५ हजार, लाईट वेट च्याम्पियनले २५ हजार नगद र मेडल प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर