‘ए’ डिभिजन लिग : पाँचौ चरणपछि मनाङ शीर्ष स्थानमा – Nepal Press

‘ए’ डिभिजन लिग : पाँचौ चरणपछि मनाङ शीर्ष स्थानमा

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पाँचौ चरणका खेल सकिएका छन् ।

पाँचौ चरणको समाप्तीमा लिगमा ३५ खेल भए जसमा १४ खेल बराबरीमा टुङ्गिएका छन् भने २१ खेलमा जित–हारको नतिजा निस्किएको छ । यस्तै, पाँचौ चरणका सात खेलमा कुल १५ गोल भएका छन् ।

पाँचौ चरणसम्म आईपुग्दा लिगमा जितै ननिकालेका टोलीले पनि जित निकालेका छन् । जितबिहिन रहेको जावलाखेल युथ क्ल्बले च्यासल युथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दै लिगमा पहिलो जित निकालेको हो ।

यस्तै, हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइजलाई ३–१ गोलको नतिजामा पराजित गर्दै पहिलो जित निकाले हो । र, विभागिय नेपाल एपीएफ क्लबले पनि लिगमा पहिलो जित निकाल्यो ।

पाँचौ चरणको अन्तिम खेलमा फ्रेन्डस क्लबलाई ३–१ गोलको नतिजामा हराउँदै एपीएफले पहिलो जित निकालेको हो ।

एपीएफले यसै सिजनदेखि विदेशि खेलाडीलाई पनि टोलीमा समावेश गरेको छ । जापानी खेलाडी युका कुुरियामालाई एपीएफले टोलीमा पहिलो विदेशि खेलाडीको रुपमा भित्र्याएको हो ।

पाँचौ चरणमा आइपुग्दा ‘ए’ डिभिजन लिगको इतिहासमै पहिलो पटक मोफसलमा प्रतियोगिता भयो ।

लिगको ३२औं खेलमा मनाङ मर्स्याङदी क्लब र पुलिस क्लबबीचको खेल पोखरा रंगाशालामा भएको थियो । मनाङले आफ्नो घरेलु मैदान बनाएको पोखरा रंगाशालामा भएको खेलमा पुलिसमाथि ३–१ गोलको नतिजा मा जित निकाल्यो ।

यस्तै, पहिलो खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेले । संकटा क्लब र मछिन्द्र क्लब बीचको खेल गोलरहित बराबरीमा सकियो । र, थ्री–सटार क्लबले न्यूरोड टमिसँग गोलरहित बराबरी खेल्यो ।

पाँचौ चरणको समाप्तिसँगै ५ खेलबाट १३ अंकसहित मनाङ तालिकाको शिर्ष स्थानमा छ । साबिक विजेता मछिन्द्र ११ अंक जोड्दै दोस्रो स्थानमा छ ।

पाँच खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा छ । यस्तै, सामान ९ अंक जोडेको संकटा गोल अन्तरका आधारमा चौथो स्थानमा छ । सातदोबाटो ८ अंक जोड्दै पाँचौ स्थानमा छ ।

समान ६ अंक जोडेको थ्रि–स्टार र न्युराड छैठौँ र सातौँ स्थानमा छन् । यस्तै ५ अंक जोडेको हिमालयन शेर्पा ब्रिगेड ब्वाइज र नेपाल पुलिस लगातार आठौँ, नवौँ र दशौँ स्थानमा छन् ।

एपीएफ र जावलाखेल ४/४ अंकसहित ११औं र १२ औं स्थानमा छने । पाँच खेलमा चार अंक जोडेको च्यासल र जितबिहिन फ्रेन्डस रेलिगसन जोनमा छन् ।

लिगमा सबै भज्दा धेरै १९ गोल तेस्रो चरणमा भएको थियो । पहिलो चरणमा १६ गोल भएको थियो भने दोस्रो चरणम अहिले सम्मको थोरै सात गोल भए । चौथो चरणमा ९ गोल भएको थियो ।

एनफाले सार्वजानिक गरेको तालिका अनुसार लिगको छैठौं चरणको खेलहरु शुक्रबार देखि सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर