लुम्बिनीका ९ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना खोप – Nepal Press

लुम्बिनीका ९ जिल्लामा आजदेखि बालबालिकालाई कोरोना खोप

रूपन्देही । लुम्बिनी प्रदेशका नौ जिल्लामा आज सोमबारदेखि बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।

विद्यालय उमेर समूह अर्थात् १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सरकारले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अभियान १४ पुससम्म सञ्चालन गर्ने प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

लुम्बिनीका रुकुम पुर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, पश्चिमनवलपरासी, कपिलवस्तु र बर्दियाका विद्यार्थीलाई खोप लगाउन लागिएको हो ।

लुम्बिनी प्रदेशका तीन जिल्ला रुपन्देही, दाङ र बाँकेमा भने १२ वर्षमाथिका बालबालिका र दीर्घरोगीका लागि फाइजर खोप सञ्चालन भएको र अहिले दोस्रो मात्रा लगाउने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *