ला लिगामा एल्चेमाथि बार्सिलोनाको जित – Nepal Press

ला लिगामा एल्चेमाथि बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले एल्चेमाथि ३–२ गोलअन्तरको जित हासिल गरेको छ । बार्सिलोनाको जितमा निको गोन्जालेजले खेलको अन्त्यतिर गोल गरेका हुन् ।

पहिलो हाफमा बार्सिलोनाले २ गोलको अग्रता बनाएको थियो । फरान जुट्ग्लाले १६औं र गाभीले १९औं मिनेटमा गोल गरेका थिए । १७ वर्षीय गाभीले ला लिगामा पहिलो गोल गरेका हुन् ।

दोस्रो हाफफ दुई मिनेटभित्र २ गोल गर्दै एल्चे खेलमा फर्कियो । ६२औं मिनेटमा टेटे मोरेन्टे र अर्को मिनेटमा पेरे मिल्लाले गोल गरेका हुन् ।

जितसँगै बार्सिलोना २७ अंकसहित लिगको सातौं स्थानमा पुगेको छ । तर शीर्ष स्थानको रियल मड्रिडभन्दा अझै १५ अंकले पछाडि छ ।

उनीहरु पाँचौं स्थानको एट्लेटिको मड्रिडभन्दा २ अंकले अगाडि छन् । एट्लेटिकोले सेभियासँग २-१ को हार ब्यहोरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर