भारतमा ‘पुष्पा’को ओपनिङ ५२ करोड भारु, ‘स्पाइडरम्यान’लाई एकैदिनमा ४१ करोड – Nepal Press

भारतमा ‘पुष्पा’को ओपनिङ ५२ करोड भारु, ‘स्पाइडरम्यान’लाई एकैदिनमा ४१ करोड

मुम्बइ । तेलुगु सुपरस्टार अल्लु अर्जुन र रस्मिका मंदाना स्टारर ‘पुष्पा : द राइज स्टार’ कोरोनाभाइरस कालखण्डमा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ ।

भारतीय संचारमाध्यमका अनुसार यो फिल्मले पहिलो दिन शुक्रबार भारतीय बक्सअफिसमा ५२.५० करोड भारुको ओपनिङ गरेको छ । यो फिल्मलाई दर्शक र समीक्षकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भारतमा ५० प्रतिशत अकुपेन्सीमा रिलिज भएको फिल्म पुष्पाले ३० देखि ३५ करोड भारुको ओपनिङ गर्ने अपेक्षा थियो । तर, कमाइ चाहिँ अपेक्षाभन्दा बढी देखिएको छ ।

भारतीय फिल्म मास्टरले दोस्रो लहरअघि ४२ करोड भारु कमाएको थियो । स्पाइडरम्यानले भारतीय बक्सअफिसमा ४१ करोड भारु कमाएको छ । अक्षय कुमारको सूर्यवंशीले २६ करोड ओपनिङ गरेको थियो ।

कोरोनाकालमा मुम्बइभन्दा दक्षिण भारतीय फिल्मको कमाइ राम्रो देखिएको छ । नोभेम्बर ४ मा रिलिज भएको रजनीकान्तको फिल्म अन्नाथेले तामिलनाडुमा ३४.९२ करोड भारु कमाएको थियो ।

भारतीय बक्सअफिमा सुपरस्टार अल्लु अर्जुन र सुकुमारको जोडी सँधै हिट रहेको छ । यी दुबैजनाले सन् २००४ मा आर्या र २००९ मा यसको सिक्वेल आर्या–२ मा काम गरेका थिए ।

१४ वर्षपछि अल्लु र सुकुमारले पुष्पाको दोस्रो सिक्वेल ल्याएर आएका हुन् । यो फिल्ममा रस्मिका मंदाना मजदूर युवतीको भूमिकामा छिन् । जसको प्रेममा पुष्पराज परेपछि कथाले रोमाञ्चक रुप लिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *