सरुवा भएको करिव दुइ महिना पछि मात्रै काठमाडौं परिसरमा प्रमुख फेरिए – Nepal Press

सरुवा भएको करिव दुइ महिना पछि मात्रै काठमाडौं परिसरमा प्रमुख फेरिए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा एसएसपी मैनालीको सरुवा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सरुवा भएको करिव दुइ महिना पछि मात्रै फेरिएका छन् । गत कात्तीक नौ गते नै उक्त जिम्मेवारीमा रहेका एसएसपी अशोक सिंहको भैरहावस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा र परिसरमा एसएसपी सुदिप गिरीको सरुवा भए पनि उक्त सरुवाको निर्णय शुक्रबार कार्यान्वयनमा आएको हो ।

परिसरका प्रमुख एसएसपी सिंहको करिव दुइ महिना कात्तिक नौ गते भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा भए पनि प्रधानमन्त्री निवास बालुवाटारको सरक्षणमा सरुवा कार्यान्वयन नगरेर सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हालिरहेका थिए ।

शुक्रबारदेखि मात्र उनले महानगरीय प्रहरी परिसर काठमाडौं छोडेपछि गिरीले जिम्मेवारी सम्हालेका हुन् । भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिए पनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहने छन् । गिरीको पनि करिव दुइ महिना अघि नै गत कात्तीक नौ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएको थियो ।

प्रहरी प्रवक्तासमेत रहेका एसएसपी बसन्त कुँवरका अनुसार भने उनलाई यसअघि नै सरुवा गरिएको भए पनि सरुवा कार्यान्वयन भने भर्खरै मात्र भएको जानकारी दिए । महानगरीय प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा आएका गिरी यस अघि केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत थिए ।

यस्तै प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको प्रमुखमा पनि एसएसपी सुरेन्द्र मैनालीको सरुवा भएको छ । अहिलेका प्रमुख एसएसपी राजेशनाथ वास्तोला लामो समयका लागि विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले बताए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *