ज्ञानेन्द्र मल्लको प्रष्टिकरण : मैले टिमभित्र गुट बनाएको छैन – Nepal Press

ज्ञानेन्द्र मल्लको प्रष्टिकरण : मैले टिमभित्र गुट बनाएको छैन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टिमभित्र आफूले कुनै गुट नबनाएको प्रष्टिकरण दिएका छन् । खेलाडीहरुलाई दवाव र प्रभावमा पारेर क्यानविरुद्ध हस्ताक्षर गराएको आरोप पनि उनले खण्डन गरे ।

नेपाल क्रिकेट संघ (क्यान) ले कारवाही गरेका ४ खेलाडीहरुले आज आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलान आयोजना गरेका थिए ।

उक्त पत्रकार सम्मेलनमा सबै खेलाडीहरुलाई साथमा राखेर सबैको तर्फबाट मल्लले मात्रै बोले । उनले क्यानको ग्रेडिङ र कारवाही निर्णय पुनर्विचार हुनुपर्नेमा जोड दिए ।

पत्रकारले मल्ललाई उनले टिममा गुटबन्दी गरेको विषयमा प्रश्न गरेका थिए ।

त्यसको जवाफमा मल्लले भने – म कप्तान भएपछि किन गुट बनाइरहनुपर्यो रु कप्तानले त मैले सबै खेलाडीको लिड गर्ने हो । अरु कसैले गुटबन्दी गरेको भए मलाई थाहा भएन ।

टिमका खेलाडीहरुलाई बहकाउमा पारेर हस्ताक्षर गराई क्यानलाई ज्ञापनपत्र बुझाएको आरोपलाई पनि उनले खारेज गरे ।

‘यो विल्कुल गलत हो । सबै खेलाडीहरुबीच सहमति भएर जायज लागेर त्यो कदम चालिएको हो,’ उनले भने ।

क्यानले यदि निर्णयमा पुनर्विचार नगरे के गर्नुहुन्छ ? भन्ने प्रश्नमा मल्लले त्यही बेला सोच्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर