फ्राइडे रिलिज : ‘स्पाइडरम्यान’द्वारा नेपाली बक्सअफिसमा महामारीयताकै आक्रामक ओपनिङ – Nepal Press

फ्राइडे रिलिज : ‘स्पाइडरम्यान’द्वारा नेपाली बक्सअफिसमा महामारीयताकै आक्रामक ओपनिङ

काठमाडौं । हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले नेपाली बक्सअफिसमा शुक्रबार कोरोनाभाइरस महामारीयताकै सबैभन्दा ठूलो ओपनिङ गरेको छ ।

काठमाडौं उपत्यकाका सबै ठूला मल्टिप्लेक्समा शुक्रबार र शनिबारका सोज लगभग सोल्डआउट छन् । अकुपेन्सी, टिकट विक्री र क्रेजको आधारमा स्पाइडरम्यान ओपनिङ गत महिना रिलिज भएको सूर्यवंशीभन्दा उच्च हो ।

रिलिज नहुँदै २६ हजारभन्दा बढी टिकट विक्री भैसकेको स्पाइडरम्यानको पहिलो दिनमा उच्च ग्रस कलेक्सन हुने अनुमान छ । क्यूएफएक्सले मुलुकभरका आउटलेटमा यसलाई पहिलो दिन ५७ सोज दिएको छ ।

विश्वचर्चित पात्र र ब्रान्ड भएकाले पनि स्पाइडरम्यान ओपनिङ आक्रामक हुने अपेक्षा थियो । थ्रीडी र टुडी दुबै संस्करणमा रिलिज भएको स्पाइडरम्यानलाई नेपाली प्रदर्शकले महामारीअघिको एभेन्जर्स एन्ड गेमकै ओपनिङसँग तुलना गरेका छन् ।

क्यूएफएक्सका सबै सोजहरु शनिबार बेलुकासम्म पूर्णतः हाउसफूल छन् । यसपटक क्यूएफएक्सले एड्भान्स बुकिङ नभएर एड्भान्स टिकट बिक्री गरेको थियो । पोखरा, चितवन, नेपालगंज र बिराटनगरका क्यूएफएक्स आउटलेट समेत हाउसफूल छन् ।

शुक्रबारै रिलिज भएको दक्षिण भारतीय फिल्म ‘पुष्पा’ पनि शुक्रबार लगभग हाउसफूल प्रदर्शन भैरहेको छ । अल्लु स्टारर यो फिल्मले मल्टिप्लेक्ससहित मोफसलका एकल पर्दामा राम्रो प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *