न्युक्यासलमाथि लिभरपुल हावी, एभर्टनसँग रोकियो चेल्सी – Nepal Press

न्युक्यासलमाथि लिभरपुल हावी, एभर्टनसँग रोकियो चेल्सी

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडमाथि जित निकाल्दै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी छोट्याएको छ । चेल्सी भने एभर्टनसँग बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले एनफिल्डमा ३-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो । लिगमा लगातार १२औं जितमा लिभरपुलका लागि डिएगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नोल्डले १-१ गोल गरे ।

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए । २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए । २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए ।

प्रिमियर लिगमा लगातार १५ खेलसम्म गोल वा गोलका लागि पास उपलब्ध गराउने कीर्तिमान मोहम्मद सलाहले बराबरी गरेका छन् । यसअघि यो कीर्तिमान जेमी भर्डीको नाममा थियो ।

खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको जित निश्चित गरे । जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ । पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ । समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ ।

यता एभर्टनसँग स्टाम्फोर्ड ब्रिजमै बराबरीमा रोकिएपछि तेस्रो स्थानको चेल्सीले आफूभन्दा उपल्लो स्थानमा रहेका टोलीहरु लिभरपुल र म्यानचेस्टर सिटीसँग दूरी कम गर्ने अवसर गुमाएको छ ।

चेल्सीका मासोन माउण्डले ७०औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए पनि त्यसको चार मिनेटपछि नै १९ वर्षीय स्ट्राइकर जेरार्ड ब्रेथवेइटले एभर्टनका लागि बराबरी गोल फर्काए ।

चेल्सी ३७ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको सिटीभन्दा ३ र दोस्रो स्थानको लिभरपुलभन्दा ३ अंकले पछाडि छ । एभर्टन भने लिगको १४औं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर